RE
Global College

सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

काठमाडौं ।श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका साम्पाङले प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर माफी माग्नुपर्ने बताएका हुन्।

संसद् बैठक सञ्चालन भए पनि आफ्ना माग पूरा नभएसम्म उक्त विषयमा निरन्तर आवाज उठाइरहने उनको भनाइ थियो।

साम्पाङले संसदलाई नियमावलीअनुसार सञ्चालन गर्न सभामुख तथा सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराए। उनले संसदीय प्रक्रिया र नियमको पूर्ण पालना गर्दै सदन सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दल तथा केही सांसदहरूले आपत्ति जनाउँदै आएका छन्। यसै विषयलाई लिएर प्रतिनिधिसभामा विरोधका कार्यक्रम समेत जारी रहेका छन्।

NECO

Leave Your Comment

Related News