CLI

राष्ट्रिय राजमार्गहरुको पहिलो नियन्त्रणका लागि ३ अर्ब बढी बजेट विनियोजन , कुन राजमार्गलाई कति विस्तृतमा हेर्नुहोस्

काठमाडौं । सरकारले राष्ट्रिय राजमार्गमा पहिरो नियन्त्रणका लागि ३ अर्ब बढी बजेट विनियोजन गरेको छ । पूर्वाधार मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रिय राजमार्गको पहिरो नियन्त्रणका लागि ३ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ । उक्त रकम ६९ वटा राष्ट्रिय राजमार्गकोे पहिरो पन्छाउनका लागि हो ।

राजमार्गमा आउने पहिरो पन्छाउनका लागि न्यूनतम करिब १ करोड देखि ५० करोड सम्म विनियोजन गरिएको छ । सबैभन्दा बढी पहिरो पन्छाउनका लागि साँफेबगर–मार्तडी–कोल्टी सडकको साँफेबगर–रक्से–कोल्टी–ओखार्तोला –मार्तडी सडक खण्ड तथा बुढीगंगा नदीको लागि ५० करोड ५० हजार र सुर्खेत–दैलेख–महावुलेख–गाल्जे सडकका लागि २० करोड ८६ लाख ५० हजार विनयोजन गरिएको छ । मन्त्रालयका प्रवक्ता ई.रामहरि पोखरेलका अनुसार राजमार्गमा आउने पहिरोका कारण यात्रुहरुलाई समस्या नहोस् भन्ने उद्देश्यले बजेट विनियोजन गरिएको हो । वर्षामा सबैभन्दा बढी राजमार्गमा आउने पहिरोले यात्रुहरुलाई समस्या दिने गरेको छ । राजमार्गमा आउने पहिरोका कारण २० देखि २२ घण्टा सम्म राजमार्गमा बस्नुपर्ने वाध्यता हटाउनका लागि उक्त बजेट विनियोजन गरिएको बताइएको छ ।

Leave Your Comment

Related News