RE
Global College

इप्पानको २४ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशन सुरु

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशन जेठ २९ आज सुरु  भएको छ। संस्थाका अध्यक्ष गणेश कार्कीका अनुसार काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान ८:०० बजेदेखि सुरु हुन उक्त गर कार्यक्रमको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

ऊर्जा क्षेत्रको विकास, नीतिगत सुधार तथा निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको हकहितका विषयमा महत्त्वपूर्ण छलफल र नयाँ कार्यसमिति चयनका लागि आयोजना गर्न लागिएको यस अधिवेशनमा इप्पानले सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि  इप्पानले  हार्दिक निमन्त्रणा गरेको छ।

NECO

Leave Your Comment

Related News