RE
Global College

एसियाली टोली दक्षिण कोरियाको सानदार सुरुवात

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को समूह चरणको खेलमा दक्षिण कोरियाले चेकिया  माथि २–१ गोल अन्तरको जित दर्ता गरेको छ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दुवै टोलीबाट आक्रामक खेल प्रदर्शन भएको थियो। खेलको ५९ औँ मिनेटमा चेकियाका लादिस्लाभ क्रेइची  गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, चेकियाको त्यो अग्रता लामो समय टिक्न सकेन।

खेलको ६७ औँ मिनेटमा दक्षिण कोरियाका ह्वाङ इन-बियोम  ले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि आक्रामक बनेको दक्षिण कोरियाका लागि खेलको ८० औँ मिनेटमा ओह ह्योन-ग्यु  ले निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे। यस  जितसँगै दक्षिण कोरियाले समूह ‘ए’ मा महत्त्वपूर्ण ३ अंक जोड्न सफल भएको छ।

NECO

Leave Your Comment

Related News