काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबार सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैंयाले बढेको छ । शुक्रवार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहिवार सुन प्रतितोला २ लाख ८६ हजार सात सय रुपैंयामा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पानि १९० रुपैंयाले वृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ८४० रुपैंयामा कारोबार भइरहेको छ । बिहिवार चाँदी प्रतितोला ४ हजार ६५० रुपैंयामा कारोबार भएको थियो ।


