काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिफारिस समितिको सचिवालयले रिक्त कार्यकारी प्रमुख पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट आवेदन आह्वान गरेको छ।
सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम गठित सिफारिस समितिले योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
सूचनाअनुसार उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ वा औद्योगिक व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ।
त्यसैगरी, आवेदकको उमेर निवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।
इच्छुक उम्मेदवारले आवेदनसँगै बायोडाटा, शैक्षिक प्रमाणपत्र, अनुभवका कागजात तथा भविष्यका लागि प्रस्तावित रणनीति र कार्ययोजना समेत पेस गर्नुपर्नेछ।
दरखास्त सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सामाजिक तथा भौतिक पूर्वाधार विकास शाखामा निवेदन बुझाउन सकिनेछ।
ए


