काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको म्याद थप गर्ने निर्णयहरू गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए। । आजको बैठकले ३ वटा निर्णय गरेको उलेख छ ।
मन्त्रिपरिषद्को बैठकले गरेका तीन निर्णयह यस प्रकार छन्:
-
कार्यदलको म्याद थप: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२’ को म्याद आगामी २०८३ असार मसान्तसम्मका लागि थप गरिएको छ।
-
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गरिने: सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग), २०५२ को प्रतिवेदन कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ।
-
लेखामान बोर्डमा नयाँ अध्यक्ष: अर्थ मन्त्रालयको प्रस्तावमा सिन्धुपाल्चोक निवासी रमेश कुमार धिताललाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गरिएको छ।


