काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा विदेशी विनिमय अन्तर्गतको कसुर, बीमा सम्बन्धि कसुर, धितोपत्र कारोवार सम्वन्धि कसुर र बैंकिङ्ग कसूरको आरोपमा थुनामा रहेका दीपक भट्ट, सुलभ अग्रवाल र फरार रहेका सुलभ अग्रवालसँग बैंकिङ कसुर सम्वन्धि मुदामा बयालिस करोड चौध लाख अठासी हजार आठ सय सात रुपैँया बिगो दाबी माग गरेको छ । नेपाल सरकार बादी भएको कर्जा दुरुपयोग आरोपमा मुद्दा दायर गर्दै यस्तो बिगो दाबी गरिएको हो ।
घटना बिबरण
उनीहरुले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा *८ ले निशेधित गरेको कसुर गरेको अनुसन्धाना ठहर गरेको छ ।
सरकारी वकिलको कार्यलयले दीपक भट्ट, शुलभ अग्रवाल र साहिल अग्रवाल बैंकिङ कसुरमा सोसी ठहर गरि सो रोम बिगो दाबी गरेको छ भने उनीहरुलाइ ६ बर्ष देखी ८ बर्ष सम्मको कैद सजायको माग गरिएको छ । उनीहरुलाइ कर्जा दुरुपयोग सम्बन्धि कानूनको आधामा सो सजाय माग गरिएको हो कर्जा दुरुपयोग को मुद्दामा १० करोड भन्दा माथि बिगो दाबी माग गरिएको मुद्दामा ८ बर्ष देखीओ ८ बर्ष सम्मको कैद सजाय हुन सक्ने काणुनणि ब्यबस्था रहेको छ यसै गरि जगदम्बा स्टिलको चालू पूऊजी कर्जा दुरुपयोगमा अप्रत्क रुपमा सहयोग गरेको आरोपमा दगदम्बा ग्रुपमा अध्यक्ष एंब शाहिर र शुलभलका पिता शंकर अग्रवाललाइ उनीसहरुसँग माग दाबी गरिएको रकम र कैद सजायको आधा रकम र कैदको माग गरिएको छ ।
जगदम्बा स्टीललको नाममा बैङ्सकबाट लिएको सहबित्तिय कर्जा दुरुपयोग आरोपका आरोपित दीपक भट्ट र शाहिल अग्रवाल संम्पति शुद्दिकरणको अनुसन्धानमा थुनामा रहेता पनि कर्जा दुरुपयोग गर्न अप्रत्यक्ष सहयोग गरेका शंकर अग्रवाल र सो प्रक्रणका आरिपी शाहिल अग्रवाललाई थुनामा राखि अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले पक्राउ पुर्जी माग गरेको छ ।
कर्जा दुरुपयोग
जगदम्वा ग्रुपपले चालु पूजी कर्जाबाट दीपक भट्टलाई १५ करोड ९८ लाख रुपैया दीपक भट्टको खातामा पठाएको छ दीपक भट्टले सो रकम उनको एकल स्वामित्वमा रहेको इन्फिनिटि होल्डिंग्सका नाममा हिमालययन रि-इन्स्रेन्स कम्पनीको संस्थापक शेयर किन्न प्रयोग गरेका छन् । उनीहरुले जगदम्बा ग्रुपले जुन प्रयोजनको लागि कर्जा लिएको हो सो कामममा नलागाई नक्कली जग्गा बैना गराइ कर्जा दुरुपयोग गरेका छन् । यसमा दीपक भट्टको ब्यक्तिगत खातामा रकम लैजान जगदम्बा स्टिलललाई प्रयोग गरेका छन् । जगदम्मा स्टिलले कृषि बिकास बैकबाट लिएको ३० करोड चाँलु पुँजी कर्जा मध्ये दीपक भट्टलाई दिएको रकममा कृषि बिकास बैंकबाट लिएको चालु पुँजी कर्जाकै रकम प्रयोग गरेको छ । जगदम्बा स्टिललले नक्कली जग्गा बैना देखाएर दीपक भट्टको सिद्दार्थ बैङ्को खातामा भएको पैसा पनि दीपक भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्लिङ मार्फत हिमालयन रि इन्स्योरेन्सको शेयर किन्न प्रयोग गरेका छन् । यसले जगदम्बा स्टिल र दीपक भट्टको नियत यो सबै कारोबार हिमालयन रिइन्स्योरेन्सको शेयर खरिद गर्न लगानी जुटाउने प्रपञ्च देखिन्छ । जगदम्बा स्टील र दीपक भट्टको सम्पुर्ण कारोबार हेर्दा रकम जहा जति घुमाए पनि अन्तिम लक्ष्य हिमालयन रि इन्स्योरेन्सको संस्थापक शेयर खरिद गर्ने र कम्पनी कब्जा गर्ने दखिन्छ । उनीहरुले जगदम्बा स्टील कम्पनीलाई बैंककको रकम ब्यक्तिको खातामा पुर्याउने फण्ड च्यानलको रुपमा प्रयोग गरेका छन् । दीपक भट्टको नाममा जगदम्बा ग्रुपका परिवारका सद्स्यको नामबाट पनि पैसा पठाईएको छ ।
बाझिएको बयान
सो प्रकरणमा दीपक भट्ट र शाहिल अग्रवालको बयान बाजिएको छ । दीपक भट्टले सो जगदम्बा समुहलाइ आफ्नो नाममा रहेको ललितपुर महानगरपालिका २ नम्बर वडामा रहेको आफ्नो जग्गा बेन्नको लागि रकम लिएको दाबी गरेका छन्ने सो दाबीलाई शुलभ अग्रसवालले अस्वीकार गरेका छन् । शुलभले सो प्रकरमा आफुले दीपक भट्टलाई चिनजान भएको तर जग्गा खरिदको लागि रकम नदिएको सापटी स्वरुप रकम हस्तान्तरण गरेको दावी गरेका छन् । उनीहरुले जग्जा किनबेचको लागि बैना कागज पनि बनाएका छन् तर उनीगरुले सो कागह तत् मितिमा सरकारी कुनैपनि कार्यालयमा जानकारी दिएका छैनन् । दीपक भट्ले बयानमा दाबी गरेको जस्तो उनीहरुले घर जग्जा किन्नको लागि टम लोन बा घर कर्जाको लागि कहिँ कतै पनि कर्जा माग गराक छैनन् ।
मुद्दामा दोषी दावी गरिएका प्रतिवादीहरु
१) आशिष श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष
२) शेखर गोल्छा, हिमालयन रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष
३) सुभाष बहादुर श्रेष्ठ, हिमालयन सेक्यरिटिजका सिईओ
४) दीपक भट्ट, लगानीकर्ता हिमालयन रि इन्स्योरेन्स र गार्डियन माइक्रो इन्स्योरेन्स
५) शुभल अग्रवाल, हिमालयन लाइफका अध्यक्ष, शंकर ग्रुप
६) उपासना पौडेल, हिमालयन रि इन्स्योरेन्स कम्पनी, सिईओ
७) मृगेन्द्र नाथ रिमाल, नेपाल माइक्रो इन्स्योरेन्सका सिईओ
८) सिद्धान्त झुनझुनवाल, नेपाल माइक्रो, सञ्चालक
९) लतिका गोल्यान, नेपाल माइक्रो इन्स्योरेन्स सञ्चालक
१०) सुनिता श्रेष्ठ, नेपाल माइक्रो, सञ्चालक
११) अनुप मालाकार, नेपाल माइक्रो सञ्चालक
१२) बद्रि सिग्देल, नेपाल माइक्रो सञ्चालक
१३) प्रविना दाहाल, नेपाल माइक्रो, सञ्चालक– लगानी समिति अध्यक्ष
१४) सुजल मल्ल, नेपाल माइक्रो, लगानी समिति सदस्य
१५) अमित मोर, सञ्चालक हिमालयन रि इन्स्योरेन्स
१६) शाहिल अग्रवाल, हिमालयन रि, लगानी समिति संयोजक
१७) रोहित गुप्ता, हिमालयन रि इन्स्योरेन्स, सञ्चालक
१८) राजीव मोर, हिमालयन रि, सञ्चालक
१९) शुभेच्छा खरेल, हिमालयन रि, सञ्चालक
२०) सुभाष कुमार झुनझुनवाला, हिमालयन रि, सञ्चालक
२१) मनिष कुमार, भारतीय नागरिक, हिमालयन रि, लगानी समिति सदस्य
२२) दीपक कुमार श्रेष्ठ, हिमालय सेक्युरिटी बैंकरका अध्यक्ष, हिमालयन रिका कर्मचारी
२३) सिताराम वाग्ले, हिमालय सेक्युरिटी बैंकर, सञ्चालक
२४) आकांक्षा गुप्ता, हिमालय सेक्युरिटी बैंकर सञ्चालक
२५) शिशिर गैरे, हिमालय क्यापसर्भका अध्यक्ष
२६) रितेश प्रधान, हिमालय क्यापसर्भ लि.का सिईओ
२७) कपिल कुमार दाहाल, हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष, नेपाल हिमालयन लाइफका सिईओ
२८) राजन प्रसाद अधिकारी हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालक
२९) बिदुर पुरी, मकवानपुर
३०) बिनु घिमिरे, हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालक
३१) नारायण कुमार अधिकारी, हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालक
३२) उत्सव प्रधानाङ्ग, हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालक
३३) सुमेर शम्सेर जबरा, हिमालयन इन्भेष्टमेन्ट बैंकरका लगानी संयोजक
३४) सुभाष पौडेल, हिमालयन इन्भेष्टमेन्ट बैंकरका लगानी सदस्य
३५) शालिनी संघाई, हिमालयन इन्भेष्टमेन्ट बैंकर लगानी सदस्य
३६) प्रतिक जोशी, हिमालयन इन्भेष्टमेन्ट बैंकर लगानी सदस्य
३७) सन्दिप चाचन अग्रवाल, भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी अध्यक्ष
३८) सुभी अग्रवाल, शेयर कारोबारी
३९) ऋषिराज मोर, शेयर कारोबारकर्ता
४०) बिजय बहादुर शाह, जावलाखेल डिस्टीलरीका मालिक, शेयर कारोबारी
४१) शरद ओझा, बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष
४२) मदन दाहाल, सह सचिव तथा तत्कालिन अध्यक्ष बीमा प्राधिकरण


