काठमाडौं । बाजुरा र हुम्लाको सीमा विवाद नसुल्झिएपछि लाम्पाटामा सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ।
गत जेठ २७ गते सम्बन्धित क्षेत्रतर्फ हिँडेको सशस्त्र प्रहरी बलको टोली शनिबार दुई जिल्लाको सीमा स्थित बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा पुगेको हो।
अस्थायी सुरक्षा वेश स्थापना गरेर सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा टोली खटाइएको हो।
अस्थायी सुरक्षा वेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयले नै आवश्यक निर्देशन दिने र समन्वय प्रदान गर्नेछ।
सीमामा झडपको स्थिति नै बनेपछि गृहमन्त्रालयले नेपाल प्रहरी र सशस्त्रको ‘केन्द्रीय संयुक्त सुरक्षा बेस’ राख्ने निर्णय गरेको थियो।


