CLI

अन्तर्राष्ट्रिय मुद्रा कोष ले भन्यो  : २०२६ मा मुल्यवृद्धिदर सबैभन्दा कम चीनको र सबैभन्दा बढी बंगलादेशको रहने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२५ मा ४.१ प्रतिशत रहेको विश्व अर्थतन्त्रको मुल्यवृद्धिदर (मुद्रास्फीति)  सन्२०२६ मा ४.४ प्रतिशत रहने प्रक्षेपण छ ।

विश्वका विकसित मुलुकहरूको मुद्रास्फीति दर सन् २०२५ मा २.५ प्रतिशत रहेकोमा सन् २०२६ मा  २.८ प्रतिशत रहने प्रक्षेपण छ । त्यसैगरी, उदीयमान तथा विकासशील मुलुकहरूको मुद्रास्फीति दर सन् २०२५ मा ५.२ प्रतिशत रहेकोमा सन्२०२६ मा ५.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।

पश्चिम एशियामा जारी द्वन्द्वका कारण मध्यपूर्व तथा मध्य एसियाकोमुद्रास्फीति दर वृद्धि हुने अनुमान छ । उक्त द्वन्द्वलेसमग्र विश्व अर्थतन्त्रको मुद्रास्फीतिमा प्रभाव पार्ने देखिन्छ ।

सन् २०२५ को तुलनामा सन् २०२६ मा दक्षिण एसियाली मुलुकहरूमध्ये बङ्गलादेशको उपभोक्ता मुद्रास्फीति दर सबैभन्दा धेरै र चीनको सबैभन्दा कम रहने प्रक्षेपण छ । बंगलादेशको मुद्रास्फीति ९.२ प्रतिशत र चीनको १.२ प्रतिशत रहने छ । नेपालको भने ३.१ प्रतिशत मुद्रास्फीति रहने छ ।

Leave Your Comment

Related News