CLI

विश्वकप फुटबल : ब्राजिल र मोरोक्को तथा स्विट्जरल्यान्ड र कतारबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा कता र स्विट्जरल्यान्डले बीचको खेल बराबरीमा सकिएको छ । न्यूयोर्कको मेटलाइफ रङ्गशालामा आज बिहान ब्राजिल र मोरोक्कोले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलको २१ औँ मिनेटमा इब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै इस्माइल साइबारीले गोल गरेपछि मोरक्कोले अग्रता बनाएको थियो । ब्राजिलले ३२ औँ मिनेटमा खेलमा पुनरागमन ग¥यो । ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
पहिलो हाफमै बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल निस्कन सकेनन् ।

यसअघि आज बिहान भएको अर्को खेलमा स्विट्जरल्यान्ड र कतारले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सान फ्रान्सिस्को रङ्गशालामा सम्पन्न खेलमा स्विट्जरल्यान्ड र कतारले १–१ गोलको बराबरी खेलेका हुन् ।  खेलको १७ औँ मिनेटमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयको चौथो मिनेटमा बोउलेम खोउखीले गोल गर्दै खेल बराबरी बनाए ।

उनको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अङ्क दिलायो । अर्को खेलमा अहिले बिहान पौने ७ बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन् ।

Leave Your Comment

Related News