CLI

असारमा पनि बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदर असारमा घटाएका छन् । जेठको तुलनामा ब्याजदर औसत ०.०८ प्रतिशतले कटौती गरेका छन् । असार महिनामा व्यक्तिगत मुद्दति खातामा सबैभन्दा धेरै ब्याजदर एनएमबि र राष्ट्र वाणिज्य बैंक ले प्रदान गर्ने भएका छन् । बैंकहरुले ब्याजदर ४.७५ प्रतिशत कायम गरेको छ । जेठमा एनएमबि बैंकको ब्याजदर ४.८० र राष्ट्र वाणिज्य बैंकको ४.७५ नइ    प्रतिशत रहेको थियो ।

नबिलको ४.५५ प्रतिशत, प्रभुको ४.५५ प्रतिशत ब्याजदर कायम भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, लक्ष्मी सनराइज, ग्लोबल, आइएमई, माछापुच्छ्रे र एनआइसी एसिया बैंकले मुद्दतिमा ४.५ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकहरूको औसत अधिकतम ब्याजदर जेठको ४.३४ प्रतिशतबाट घटेर असारमा ४.२७ प्रतिशतमा झरेको छ ।
बैंकहरूमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेकाले निक्षेपको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।

 

Leave Your Comment

Related News