काठमाडौं । जारी फिफा विश्वकप २०२६ मा आज समूह ‘इ’ अन्तर्गत जर्मनी र कुरासाओबीच खेल हुन लागेको छ। नेपाली समय अनुसार खेल रातिको १०:४५ बजे सुरु हुनेछ, सो खेल हस्टन स्टेडियम,हस्टनमा हुने भएको छ। सोही समुहका इभोरी कस्ट र इक्वाडोर को भने भोलि बिहान ४ः४५ मा फिलाडेल्फिया स्टेडियममा हुने भएको छ ।
त्यस्तै , समुह ‘एफ’ अन्तर्गत नेदरल्यान्ड्स र जापान को खेल भोलि बिहान १ः४५ मा ड्यालस स्टेडियम,अर्लिङ्टनमा हुने भएको छ ।सोही समुहका स्वीडेन र तुनिसिया बिचको खेल मोन्टेरी ग्वडालापे स्टेडियममा भोलि बिहानको ठिक ७ः४५ मा सुरु हुने भएको छ।


