काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत आज भएको खेलमा स्विडेनले ट्युनिसियामाथि ५–१ को फराकिलो जित दर्ता गर्दै। स्विडेन समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको सातौँ मिनेटमै यासिन अयारीको गोलबाट सुरुवाती अग्रता लिएको स्विडेनका लागि ३० औँ मिनेटमा अलेक्जेन्डर इसाकले दोस्रो गोल गरे भने पहिलो हाफ सकिनुअघि ४३ औँ मिनेटमा ट्युनिसियाका ओमार रेकिकले एक गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याएका थिए।
तर, दोस्रो हाफको सुरुवातदेखि नै हाबी भएको स्विडेनको टोलीले ५९ औँ मिनेटमा भिक्टर ग्योकेरेस र ८४ औँ मिनेटमा म्याटियास स्वानबर्गले गोल गर्दै टोलीको अग्रता बलियो बनाए। खेलको इन्जुरी समय (९०+६ मिनेट) मा यासिन अयारीले व्यक्तिगत दोस्रो गोल थपेपछि स्विडेन ५–१ ले विजयी भएको छ । हुँदै ।


