काठमाडौं । सभामुख डोलप्रसाद अर्याल सहितका टोलीले सोमबार नयाँ संसद भवनको अवलोकन गर्ने भएका छन् ।
अर्याल सहितको टोलीले सोमबार बिहान १० बजे निर्माणाधीन नयाँ संसद भवनको अवलोकन गर्न लागेका हुन् ।
उक्त अवलोकनका क्रममा भवन निर्माणको प्रगति, संरचनागत अवस्था तथा आवश्यक पूर्वाधार व्यवस्थाबारे जानकारी लिने बताइएको छ ।


