CLI

११ महिनामा ४७अर्ब ६१ करोड एफडीआई प्रतिवद्धता

काठमाडौं ।  नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा पछिल्लो ११ महिनामा करिब  ४७ अर्ब प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिवद्धता आएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ९१४ वटा उद्योग तथा व्यवसायको लागि ४७ अर्ब ६१ करोड ६९ लाख एफडीआई प्रतिवद्धता आएको विभागले जनाएको छ ।

विभागको अनुसार समीक्षा अवधिमा अटोमेटिक प्रणालीमार्फत् ७ अर्ब ७१ करोड ६८ लाख र साधारण प्रक्रियामार्फत् ३९ अर्ब ९० करोड लगानी प्रतिवद्धता आएको छ । उक्त लगानी प्रतिवद्धता क्रमशः ७११ वटा र २०३ वटा उद्योग तथा व्यवसायका लागि आएको हो ।

समिक्षा अवधिमा सबैभन्दा बढी पर्यटनमा लगानी प्रतिवद्धता आउदा सबैभन्दा कम खनिजमा रहेको छ । ११ महिनामा पर्यटनमा १२ अर्ब ९९ करोड ७४ लाख, सेवामा ४ अर्ब ५९ करोड ९ लाख, उत्पादनमुलुकमा ३ अर्ब ५७ करोड १० लाख, सूचनाप्रविधिमा २ अर्ब ३६ करोड ५८ लाख, पूर्वाधारमा १ अर्ब ६५ करोड ४४ लाख , उर्जामा २३ करोड ४२ लाख, कृषि मुलुकमा २२ अर्ब ८ करोड ८० लाख र खनिजमा ११ करोड ५० लाख लगानी प्रतिवद्धता आएको हो ।

उक्त लगानी प्रतिवद्धता पर्यटनमा २०२ वटा, सेवामा ६२ वटा, उत्पादनमा ५२ वटा, सूचनाप्रविधिमा ५७७ वटा, पूर्वाधारमा १ वटा, उर्जामा २ वटा, कृषिमा १६ वटा र खनिजमा २ वटा उद्योग तथा व्यवसायका लागि उक्त लगानी प्रतिवद्धता आएको हो ।

त्यसतै, नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले चालु आर्थिक वर्षको ११ महिनामा १७ अर्ब ८० करोड ३३ लाख रुपैयाँ बराबरको लाभांश स्वदेश फिर्ता लैजान उद्योग विभागबाट स्वीकृति प्राप्त गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो स्वीकृति ९ अर्ब ६० करोड रुपैयाँ मात्र रहेको थियो। यस आधारमा लाभांश फिर्ता लैजाने रकम उल्लेख्य रूपमा बढेको देखिन्छ।

Leave Your Comment

Related News