RE
Global College

मधेस प्रदेशको बजेट भाषण सुरु

जनकपुरधाम । मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रदेश सभामा प्रस्तुत हुन सुरु भएको छ।

प्रदेश सभाको सोमबारको बैठकमा प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्न थालेका हुन्।

मधेस प्रदेश सरकारले बजेट प्रस्तुतीका लागि दिउँसो १ बजेको समय तय गरेको थियो। तर, विभिन्न कारणले निर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला गरी बजेट प्रस्तुती सुरु भएको हो।

अर्थमन्त्री भट्टराईले प्रदेश सरकारका आगामी वर्षका नीति, कार्यक्रम तथा विकास प्राथमिकताअनुसार बजेट सार्वजनिक गरिरहेका छन्। बजेटमार्फत कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार सिर्जना तथा प्रदेशको आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

बजेट वक्तव्यमार्फत आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारको राजस्व संकलन, खर्च व्यवस्थापन तथा विकास योजनाका कार्यक्रमहरू सार्वजनिक गरिनेछ। बजेटको पूर्ण विवरण सार्वजनिक भएपछि यसको आकार, प्राथमिकता र विभिन्न क्षेत्रका लागि छुट्याइएको बजेटबारे थप जानकारी प्राप्त हुने छ।

NECO

Leave Your Comment

Related News