CLI

अनुत्पादन क्षेत्रमा छरिएर खर्च गर्ने प्रक्रियाको अन्त्य गर्नेःअर्थमन्त्रि भट्टराई

काठमाडौं । मधेश प्रदेशका अर्थमन्त्रि युवराज भट्टराईले आगामी आर्थिक वर्षमा अनुत्पादन क्षेत्रमा छरिएर खर्च गर्ने प्रक्रियाको अन्त्य गर्ने बताएका छन् ।

उनले सोमबार बजेट भाषण मार्फत सो कुरा बताएका हुन् । आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत सीमित स्रोत साधनलाई अनुत्पादन क्षेत्रमा छरिएर खर्च गर्ने प्रक्रियालाई अन्त्य गर्ने र निर्माणाधिन र अधुरा संरचनाहरुलाई सम्पन्न गर्न उच्च प्रथमिकता दिएका छन्। स- साना टुक्रे योजना मा बजेट छर्ने प्रवृतिको अन्त्य गर्दै चालु र क्रमागत आयोजना बाहेक १ करोड भन्दा कम रकमको आयोजनामा बजेट विनियोजन नगर्ने भएको छ ।

प्रत्यक स्थानीय तहमा बाह्रै महिना चल्ने पक्कि पुलको निर्माणमा बजेत विनियोजान गरिएको छ। बढ्दो ट्रफिक जाम लाई नियन्त्रन गर्न स्मार्त पार्किङ सहितको बसपार्क को निर्माण गर्ने छ ।साथै,  खाने पानीको  समस्या हल  गर्न एक गाउँ एक डिप बोरिङ निर्माण गरि घर-घरमा धारा जडान गर्ने समेत बजेटले व्यवस्था गरेको छ  ।

Leave Your Comment

Related News