CLI
Global College

बागमतीका १ हजार अति विपन्न परिवारलाई घर बनाइदिने, २० करोड बजेट विनियोजन

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशभित्रका अति विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

सोमबार प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले अति विपन्न १ हजार परिवारको घर निर्माणका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।

मन्त्री तामाङका अनुसार सुरक्षित र व्यवस्थित आवासको पहुँचबाट वञ्चित परिवारलाई लक्षित गर्दै उक्त कार्यक्रम सञ्चालन गरिनेछ। बजेटमार्फत विपन्न समुदायको जीवनस्तर सुधार गर्ने र आधारभूत आवासको सुनिश्चितता गर्ने लक्ष्य लिइएको उनले बताए।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा, गरिबी न्यूनीकरण तथा समावेशी विकासलाई प्राथमिकतामा राखेको जनाएको छ। अति विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रम पनि सोही प्राथमिकताअन्तर्गत समावेश गरिएको हो।

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रदेश सभामा जारी रहेको छ। बजेटमार्फत विभिन्न क्षेत्रका कार्यक्रम, योजना तथा बजेट विनियोजनका विवरण सार्वजनिक भइरहेका छन्।

Leave Your Comment

Related News