CLI

सभामुख अर्यालद्वारा चार सांसदको संसदीय समिति हेरफेर

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका चार सांसदको संसदीय समिति हेरफेर गरेका छन्।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १७७ बमोजिम विभिन्न संसदीय समितिका सदस्यहरूको जिम्मेवारी परिवर्तन गरिएको सभामुखको कार्यालयले जनाएको छ।

हेरफेरअनुसार सांसद राम लामालाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट पूर्वाधार विकास समितिमा सरुवा गरिएको छ। त्यसैगरी सांसद बोधमाया श्रेष्ठलाई पूर्वाधार विकास समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाइएको छ।

यस्तै, सांसद मनिष झालाई उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा जिम्मेवारी दिइएको छ भने सांसद बुद्धरत्न महर्जनलाई सार्वजनिक लेखा समितिबाट उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा पठाइएको छ।

सभामुख अर्यालले संसदीय समितिहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन तथा आवश्यक सन्तुलन कायम गर्न समिति सदस्यहरूको हेरफेर गरिएको जानकारी दिएका छन्। नयाँ जिम्मेवारीअनुसार सम्बन्धित सांसदहरूले अब आ–आफ्नो समितिमा काम गर्नेछन्।

Leave Your Comment

Related News