CLI

माउण्ट एभरेष्ट पावर डेभलपमेण्टको आइपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेण्टको आईपीओमा आजदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्काशन गरेको हो । यसमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।

Leave Your Comment

Related News