काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले विश्वकपमा ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा उत्कृष्ट ह्याट्रिक प्रहार गर्दै मेस्सीले विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् ।
बुधबार बिहान भएको समूह ‘जे’ को पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको हो। उक्त खेलमा कप्तान मेस्सीले खेलको १७ औं, ६० औं र ७६ औं मिनेटमा गोल गर्दै आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गरे।
२०२२ को विश्वकप विजेता अर्जेन्टिनाले यस जितसँगै आफ्नो उपाधि रक्षाको अभियान निकै बलियो ढङ्गले सुरु गरेको। जारी विश्वकपमाअर्को एक गोल गर्ने बित्तिकै मेसी विश्वकप इतिहासकै सबैभन्दा बढी गोलकर्ता बन्नेछन्।
विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरू:
१. मिरोस्लाभ क्लोज (जर्मनी) – १६ गोल
२. लियोनेल मेस्सी (अर्जेन्टिना) – १६ गोल
३. रोनाल्डो (ब्राजिल) – १५ गोल
४. गर्ड मुलर (पश्चिम जर्मनी) – १४ गोल
५. केलियन एम्बाप्पे (फ्रान्स) – १४ गोल


