CLI

घट्यो सुनचाँदीको भाउ

काठमाडौं ।बुधबार सुनचाँदीको  मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १२०० रुपैयाँले घटेको छ । यस दिन सुन तोलामा २ लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी तोलामा दश रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News