काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा दामोदर भण्डारी नियुक्त भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यो सँगै ११ औं तहमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई बुधबारबाट कम्पनी प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।


