CLI

अस्ट्रिया ३-१ ले विजयी, जोर्डन पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत आज भएको खेलमा अस्ट्रियाले जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। अमेरिकामा भएको खेलमा अस्ट्रियाका लागि रोमानो स्मिड र मार्को अर्नाउटोभिकले गोल गरे भने एक गोल आत्मघाती गोल भएको थियो ।

पहिलो हाफमा १-० ले पछि परेको जोर्डनले दोस्रो हाफको सुरुमै अली ओल्वानको गोलमार्फत खेल बराबरीमा ल्याएको थियो। तर, खेलको अन्त्यतिर अस्ट्रियाले जोर्डनको आत्मघाती गोल र इन्जुरी समयमा प्राप्त पेनाल्टीबाट थप दुई गोल गर्दै जित सुनिश्चित गर्‍यो। मार्को अर्नाउटोभिकले पेनाल्टीमार्फत तेस्रो गोल गरेका थिए। यो जोर्डनको विश्वकप इतिहासमै पहिलो खेल र पहिलो गोल हो।

Leave Your Comment

Related News