CLI

०.०८ अंकले बढ्यो नेप्से, कारोबार रकम कति?

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.०८ अंकले बढेर २७०५.५३ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ ईन्डेक्स ०.२० अङ्कले घटेको छ भने फ्लोट ईन्डेक्स ०.०५ अङ्कले बढेको छ । त्यस्तै, सेन्सिटिभ फ्लोट ईन्डेक्स ०.०५ अङ्कले बढेको छ । यस दिन ३५२ वटा कम्पनीहरुको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर ४४ हजार ५४२ पटक खरिद बिक्रि हुदाँ ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपेयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम मंगलबारको तुलनामा ४१ करोड ३ लाख रुपैयाँले घटेको छ । मंगलबार कारोबार रकम ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँ थियो ।

१३ वटा उपसमुहहरुमा पाँच उपसमुह बढेको छ भने आठ उपसमुह घटेको छ । बैंक ०.१८, होटेल एण्ड टुरिजम ०.६४, जीवनबिमा ०.०७, लघुवित्त ०.०४, म्युचुअल फन्ड ०.०५, निर्जीवन बिमा ०.५५, व्यापार ०.६०, र अन्य समुह ०.०८ प्रतिसतले घटेको छ । त्यस्तै, विकास बैंक ०.००, वित्त ०.१४, जलविद्युत ०.३०, लगानी ०.५३ र उत्पादन र प्रशोधन ०.५१ प्रतिशतले घटेको छ ।

सोपान फर्माक्युटिकल्स लिमिटेड र अप्पोलो हाइड्रोपावर लिमिटेडको १५ प्रतिशतले  बढेको छ । यस दिन बुङ्गल हाइड्रो लिमिटेडको ७ प्रतिशतले बढेको छ भने  त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको ५ प्रतिशतले बढेको छ ।

एनआरएन इन्फ्राइन्सटर डेभलप्मेन्ट लिमिटेड २१ कारोड १७ लाख ११ हजार बराबरको कारोबार गर्दै शीर्ष स्थानमा रहेको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले १८ करोड ३२ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । भने बुङ्गल हाइड्रो लिमिटेडले १७ कारोड ८३ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

Leave Your Comment

Related News