काठमाडौं । एभरेष्ट कलरले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल कार्यालयमा सो आईपीओ बाँडफाँड भएको छ ।
कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म आम सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीका अनुसार यस आईपीओमा कुल २६ लाख ८७ हजार ४ सय २१ जनाको आवेदन परेको थियो । जस मध्ये २६ लाख ४१ हजार ९ सय ५९ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। जस अनुसार ६ लाख ५५ हजार ७ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।


