CLI

दक्षिण कोरियालाई १-० ले हराउँदै मेक्सिको पुग्यो नकआउट चरणमा

काठमाडौं । शुक्रबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १-० को अन्तरले पराजित गरेको छ। ग्वाडालाजारा रङ्गशालामा भएको उक्त खेलको पहिलो हाफ ०-० को बराबरीमा रोकिएको थियो। दोस्रो हाफको ५०औँ मिनेटमा लुइस रोमोले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए।

अन्ततः यही गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो। यो जितसँगै समूह ‘ए’ बाट ६ अङ्क जोड्दै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको छ। त्यस्तै, ३ अङ्क जोडेको दक्षिण कोरियाको अघिल्लो चरण पुग्ने सम्भावना अझै कायमै छ।

Leave Your Comment

Related News