काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १० हजार ५ सय रुपैयाँले घटेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन प्रतितोला २ लाख ९७ हजार दुइ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको भाउ पनि घटेको छ । नेपाली बजारमा चाँदी ३०५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। भने बिहीबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।


