CLI

वाणिज्य बैंकहरुको गैरबैकिङ सम्पत्ति करिब साढे ४५ अर्ब,कुनको कति (सुचीसहीत)

काठमाडौं । वाणिज्य बैंकहरुका लागि गैरबैंकिङ सम्पत्ति (एनबीए) व्यवस्थापन पछिल्लो समय प्रमुख चुनौती बन्दै गएको छ। बैंकहरुले प्रवाह गरेको कर्जा उठ्न नसकेपछि धितो लिलामी गर्दा समेत कसैले खरिद नगरेका कारण यस्तो सम्पत्ति बढ्दै जाँदा बैंकहरुलाई अतिरिक्त भार परेको हो।

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा वाणिज्य बैंकहरुको यस्तो गैरबैंकिङ सम्पत्ति ४५ अर्ब नाघेको छ । चालू आर्थिक वर्षको वैशाख  महिनासम्म यस्तो गैरबैकिङ सम्पत्ति ४५ अर्ब ९९ करोड ५० लाख रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङकले देखाउँछ ।

कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा पनि नबिकेको कारण बैंकहरु थलिने अवस्थामा पुगेका छन् । पछिल्लो १० महिनामा बैंकहरुको निष्क्रिय कर्जापनि बढ्दै गएको छ । जसले गर्दा बैंकहरुको गैरबैकिङ सम्पत्ति बढाएको छ । खासमा अर्थतन्त्र चलयामान बनाउन नसक्दा त्यसको असर बैंकहरुको कर्जा असुलीमा पर्न थालेको वित्तीय क्षेत्रका जानकारहरु बताउछन् ।

“बैंकहरुको निष्क्रिय कर्जा बढेर बैंकहरुमा गैरबैकिङ सम्पत्ती थुप्रिएको” पूर्व बैंकर भुवन दाहालले  बताए  । कर्जा असुलीमा देखिएको समस्याले निष्क्रिय कर्जासँगै गैरबैकिङ सम्पत्ति बढाएको उनको भनाई छ ।

अहिले सञ्चालनमा रहेका २० वाणिज्य बैंकमेध्य एक दर्जन बैंकहरुको गैरबैकिङ सम्पत्ती बढेको छ । यता ७  बैंकहरुले भने आफ्नो यस्तो गैरबैकिङ सम्पत्ती घटाएका छन् । चालु आवमा सबै भन्दा बढी गैर बैकिङ सम्पत्ती हिमालयान बैंकको छ । यस बैंकको यस्तो सम्पत्ती १८.०९ प्रतिशतले बढेर ६ अर्ब ५ करोड ७० लाख पुगेको छ । जुन गत वर्ष ५ अर्ब १२ करोड ९० लाख रहेको थियो ।

प्रतिशतबाट हेर्दा प्राइम कमर्सियल बैंकको गैर बैकिङ सम्पती ११० प्रतिशतले बढेको छ । यता माछापुच्छ्रे बैंकको ३६.३३ प्रतिशत घटेको छ । गत आवको सोही अवधिमा यस बैंक संग ९६ करोड ७० रुपैयाँ थियो । चालु आवमा बैंकले गैरबैकिङ सम्पत्ति घटाएर ६४ करोड २० लाखमा सिमित गरेको छ ।

एभरेष्ट बैंकले गैरबैकिङ सम्पती २०.१६ प्रतीशतले घटाएको छ । यस बैंकको यस्तो सम्पत्ति ४९ करोड ८० लाख रुपैयाँ रहेको छ । जुन गत आवमा ६२ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति नेपाल बैंकको छ । नेपाल बैंकको एनबीए १४.४७ प्रतिशतले बढेपनि सबैभन्दा कम रहेको छ । यस बैंकको एनबीए २३ करोड ३६ लाख रुपैयाँ छ ।

कुन बैंकको एनबीए कति ?

Leave Your Comment

Related News