काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १. ६३ अंकले बढेर २७०२.११ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ इन्डेक्स ०.३१, फ्लोट इन्डेक्स ०.११ र सेन्सिटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले बढेको छ ।
३५३ कम्पनीको १० कारोड ९२ लाख २ हजार ५२५ कित्ता सेयर ६१ हजार १७० पटक खरिद बिक्रि हुदा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार बराबर रकम कारोबार भएको छ । विहीबारको तुलनामा कारोबार ११ कारोड रुपैयाँले रकमले बढेको छ । विहिबार कारोबार रकम ३ अर्ब ४० कारोड ७५ लाख रुपैयाव थियो ।
१३ उप समूह मध्य सात उप समूह बढेका छन् भने ६ उप समूह घटेको छ । बैङ्क ०.००, विकास बैङ्क ०.१३, होटेल र पर्यटन ०.३१, म्युचुअल फन्ड ०.४९, निर्जीवन बिमा ०.३३, र अन्य उपसमुह ०.२९ प्रतिशतले घटेका छन। वित्तिय ०.६६, जलविद्युत .०९, लगानी ०.११,जीवन बिमा ०.३३, निर्माण र प्रशोधन ०.२४, लघुवित्त ०.०२ र व्यापार ०.७५ प्रतिशत बढेका छन।
यस्तै एप्पोलो हाइड्रोपावर लिमिटेडको सेयर १५ प्रतिशतले बढेको छ । भने सोपान फर्माक्युटिकल्स लिमिटेडको सेयर १४.०२ प्रतिशतले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको ९.०८ प्रतिशतले बढैको छ । र रिलायन्स फाइनान्स लिमिटेडको सेयर ६ प्रतिशतले बढेको छ ।
यस दिन कारोबारको आधारमा ग्लोवल आइएमइ बैंक लिमिटेड डिवेन्चर ८६\८७ ले ३३ करोड ११ लाख २२ हजारको कारोबार गरेर शीर्ष स्थानमा रहेकोछ । ३२ कारोड ७६ लाख १३ हजार कारोबार गरेर ग्लोवल आइएमइ बैङ्क लिमिटेड डिवेन्चर ८५\८५ दोस्रो स्थानमा छ।
भने सोपान फर्माक्युटिकल्स लिमिटेड २० करोड १३ लाख ६७ हजार बराबरको कारोबार भएका छ । र लगातार अग्रता लिएको आँखु खोला जलविद्युत कम्पनी लिमिटेड १९ करोड ५२ लाख ७३ हजार कारोबार भएको छ ।


