काठमाडौं । इजरायली सेनाले रातभर गरेको आक्रमणमा हिजबुल्लाहका ८० भन्दा बढी ठेगानाहरूलाई निशाना बनाइएको र समूहका दर्जनौँ लडाकुहरू मारिएको दाबी गरेको छ।
आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै सेनाले लेबनानको दक्षिणी क्षेत्रमा पर्ने नाबातिएह र अन्य स्थानहरूमा यी आक्रमणहरू गरिएको जनाएको छ। आक्रमणका क्रममा हिजबुल्लाहका लडाकु, कमान्ड सेन्टर , प्रहार गर्ने स्थान र अन्य पूर्वाधारहरूलाई ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ।
इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्नो “अभियान” जारी रहने र ब्युफोर्ट क्षेत्रमा रहेको हिजबुल्लाहको “रणनीतिक भूमिगत पूर्वाधार” नष्ट गर्नमा ध्यान केन्द्रित गर्ने बताएको छ।
साथै, हालै बेका उपत्यकामा रहेका हिजबुल्लाहका दुईवटा कमान्ड सेन्टरहरूमा समेत हवाई आक्रमण गरिएको छ।


