काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य थोरै बढेको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज साताको पहिलो दिन प्रति तोला २ लाक ८७ हजार ३ सय कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज दिन चाँदीको भाउ पनि बढेको छ । नेपाली बजारमा चाँदी ४० रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएकोमा आज साताको पहिलो दिन आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यबसायी महासंले जनाएको छ ।


