CLI

रास्वपा “संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण “: डा. स्वर्णिम वाग्लेले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै डा. स्वर्णिम वाग्लेले आजदेखि रास्वपा “आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण” भएको बताएका छन्।

“जब इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, जब लोकतन्त्रले आशा जगाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापन जस्तो देखिन थाल्यो, त्यही बेला परिवर्तनको चाहना विद्रोहमा बदलियो र त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो रास्वपा,” उनले भने।

वाग्लेले नयाँ पुस्ताले केवल विरोध गर्न मात्र नसक्ने, देशलाई सही दिशा दिन सक्ने क्षमता पनि राख्छ भन्ने प्रमाणित गर्न रास्वपा प्रतिबद्ध रहेको बताए । उनले युवापुस्ताको ऊर्जा, सीप र सोचलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले नेपाललाई सुशासन, आर्थिक समृद्धि र संस्थागत सुधारको बाटोमा अघि बढाउन रास्वपाले राजनीतिक रूपान्तरणको अभियान अघि सारेको उल्लेख गर्दै मुलुकलाई नयाँ दिशा दिन आफूहरू प्रतिबद्ध रहेको बताए ।

Leave Your Comment

Related News