काठमाडौं । राहदानी ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आज राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल,सूचना प्रविधि निर्देशक सुनिल केसीसहित १४ जनालाई विपक्षी बनाएर १० अर्ब १३ करोड ४ लाख बढी बिगो दाबीसहित विशेष ठअदालतमा मुद्दा दायर गरेको हो ।
स्रोतले दिएको जानकारी अनुसार आयोगले १० जना कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक र २ जर्मनी कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
राहदानी छपाईमा कैफियत देखिएको भनेर अक्तियार दुरुपयोग अनुसन्धान आयोगले केहि दिन अघि मात्र राहदानी बिभागका महानिर्देशक सहित केही कर्मचारीलाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।


