काठमाडौं । फिफा विश्वकप २०२६ मा सोमबार समुह “जे” को अर्जेन्टिना र अष्ट्रिया बिच खेल हुने छ । रातीको १०:४५ मा डलास रंगशालामा सो खेल हुन लागेको हो । सोही समुह अन्तर्गतको टोली जोर्डन र अल्जेरिया बिचको खेल भने मंगलबार बिहान ८:४५ बजे सान फ्रान्सिस्को रंगशालामा हुने छ।
त्यस्तै भोलि समुह “आइ” अन्तर्गत फ्रान्स र इराक बिचको खेल बिहान २:४५ बजे फिलाडेल्फिया रंगशालामा हुने भएको छ । सो समुहको नर्वे र सेनेगल बिचको खेल बिहान ५:४५ बजे न्यु योर्क न्यु जर्सी रंगशालामा हुने छ ।


