काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दीप प्रकाश पाण्डेको नियुक्ती गैर कानुनी रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ । अधिवक्ता माधव गौतमले दायर गरेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो ।
सर्वोच्च अदालतको उक्त आदेशसँगै अब शिखर इन्स्योरेन्स कम्पनीका सीईओ दीप प्रकाश पाण्डेले पुरै अवधी काम गर्न पाउने छन् ।



