काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत समूह ‘जे’ को एक खेलमा अल्जेरियाले जोर्डनमाथि २-१ को प जित दर्ता गरेको छ।
खेलको सुरुवाती समयमा जोर्डनले अग्रता लिएको थियो। जोर्डनका लागि खेलको ३६ औं मिनेटमा निजार अल-रशदानाले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको अल्जेरियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो।
अल्जेरियाका लागि खेलको ६९ औं मिनेटमा नाधिर बेनबुआलीले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसपछि, खेलको अन्तिम समयतिर अर्थात् ८२ औं मिनेटमा अमिन गुइरीले आकर्षक गोल गर्दै अल्जेरियाको जित सुनिश्चित गरे।
यस जितसँगै अल्जेरिया तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित जोर्डन समूह चरणबाटै बाहिरिएको छ ।


