CLI

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदै छ कारोबार?

काठमाडौं ।नेपाली बजारमा  सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३ हजार छ सय रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला २ लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको भाउ १०५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । भने हिजो ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News