CLI
Global College

जेठसम्म जीवन बिमा कम्पनीको बिमाशुल्क आर्जन १ खर्ब ७३ अर्ब, नेपाल लाइफ सबैभन्दा अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरुले १ करोड १७ लाख ३७ हजार २९८ वटा बीमालेख बिक्री गरी उक्त रकम संकलन गरेका हुन्।

विवरण अनुसार जेठसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले कुल बीमाशुल्क संकलन गरेको छ। कम्पनीले यस अवधिमा १९ लाख ४१ हजार ७९६ वटा बीमालेख बिक्री गर्दै ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेशनल लाइफले १३ लाख ३० हजार ९१ वटा बीमालेख बिक्री गरी २२ अर्ब २१ लाख रुपैयाँ आर्जन गरेको छ। अन्य कम्पनीहरुमध्ये हिमालयन लाइफले १५ अर्ब ७९ करोड ४३ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ६२ करोड १० लाख र सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

यता ३ लघु बीमामध्ये पहिलो मा क्रेष्ट माईक्रो लाईफ इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेका छ । कम्पनीले ११ महिनामा ३७ करोड ७८ लाख कुल बीमाशुल्क संकलन गरेको छ  । गार्डियन माईक्रो लाईफ इन्स्योरेन्सले ३८ करोड २१ लाख रुपैयाँ र लिवर्टी माईक्रो लाईफ इन्स्योरेन्सले ३० करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । ३ लघु बीमाले कुल १ करोड ६६ लाख ५५ हजार ४८३ बिमालेख बिक्री गरेका छन् ।

 

 

Leave Your Comment

Related News