CLI

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने झापा दमक नगरपालिका-४ शान्तिटोल बस्ने ४८ वर्षीया मीना तिवारी र काठमाडौं महानगरपालिका-६ बस्ने सविता कार्की रहेका  छन् ।

जिल्ला अदालत झापाबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी मीनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ तिनकुनेबाट सोमबार पक्राउ गरेको हो । साथै  साविक पुनरावेदन अदालत पाटनबाट २०७१ वैशाख २९ गते उक्त मुद्दामा ३ वर्ष कैद सजाय र नगद ८ करोड ५० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी सवितालाई गोकर्णेश्‍वर नगरपालिका-४ बाट मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ मध्ये मीनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ भने सवितालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

Leave Your Comment

Related News