काठमाडौं । सञ्चालनमा रहेको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको अवधिमा १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
विवरण अनुसार गत आर्थिक वर्ष ८१।८२ को तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १२.६२ प्रतिशतले बढेको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक थिए ।
कुल बीमा शुल्क आर्जनको आधारमान नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा र नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय १२.५३ प्रतिशतले बृद्धि गर्दै ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ पुगाउँन सफल भएको छ ।
यता, नेशनल लाइफ इन्स्योरेन्सले चालु आवमा २२ अर्ब २१ करोड १६ लाख रुपैयाँ आर्जान गरको छ । यो गत आवको तुलनाम १७.४९ प्रतिशत बढीहो । गत आवमा कम्पनीले १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ आर्जन गरेको थियो ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) तेस्रो स्थानमा रहेको छ। अघिल्लो आवको जेठसम्म कम्पनीले १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म १८ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ७.२० प्रतिशतले बढेको छ।
साथै, यसअवधिमा आइएमई लाइफको ३०.७९ प्रतिशतले बढेर ६ अर्ब १० करोड रुपैयाँ पुगेको छ । सर्वाधिक वृद्धिमा आइएमई लाइफ पहिलो नम्बरमा रहेको छ ।



