CLI

नेपाल आयल निगमको चोरी भएको ट्याङ्कर दुई दिनपछि फेला

काठमाडौं । नेपाल आयल निगमको चोरी भएको ट्याङ्कर दुई दिनपछि फेला परेको छ । कोशी प्रादेशिक कार्यालय विराटनगरको लागि पेट्रोलियम पदार्थ ढुवानी गर्दै आईरहेको श्री नविन ढुवानी सेवा प्रा. लि. को टैकट्रक नं. को १ ख ६१९० ले २०८३  असार ६ गते ईण्डियन आयल कर्पोरेसनको सिलिगुरी डिपोबाट २० हजार लिटर पेट्रोल लोड लिई २०८३ असार ७ गते आइतबार बिहान करिब ८ बजे सिलिगुरी  डिपो परिसरबाट करिव ३०० मिटरको दुरीमा रहेको कञ्चनबारीस्थित पार्किङ्गमा आए र २०८३ असार ८ गते बिहान ९ बजे उक्त टैंकर पार्किङ्गस्थलबाट हराएको भनि ढुवानीकर्ताले जानकारी गरएका थिए ।

निगमबाट जिल्ला प्रहरी कार्यालय मोरङलाई लिखित जानकारी गराई त्यहाँस्थित CCTV रेकर्डिङ हेर्दा २०८३ असार ८ गते बिहान ३:०३ बजे पार्किङ्गस्थलबाट बाहिरिएको र नोवेल हस्पिटलतर्फ मोडिएको जानकारी प्राप्त भए पछि  तत्कालै सोही दिशातर्फ निगमका कर्मचारी, प्रहरी र ढुवानीकर्ताबाट खोजी कार्य भएको थियो ।

निगमबाट करिव १७ कि.मि. को दुरीमा सुनसरी जिल्ला भोक्राहा गा.पा.-०८ स्थित हुलाकी राजमार्गमा बेवारिसे र ताला  काटिएको अवस्थामा उक्त टैकर फेला परेको थियो । सोहि स्थानमा नै जिल्ला प्रहरी कार्यालय सुनसरी, निगमका कर्मचारी, ढुवानीकर्ताका प्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला प्रहरी कार्यालय, मोरङलाई कागजात पठाएको र सोहि दिन उक्त टैकट्रकलाई निगमको डिपोसँगै रहेको पार्किङ्गमा ल्याई सिल गरी राखिएको थियो  ।

आज  १ बजे निगममा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार, निगम र ढुवानीकर्ताका प्रतिनिधिहरुको रोवहरमा उक्त टैकट्रकको सिल खोलि गुणस्तर तथा परिमाणको नापजाँच गर्दा गुणस्तर ठीक पाइएको । टैंकरबाट २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पाइयोको नेपाल आयल निगम कोशी प्रदेशको कार्यालयले जनएको छ  ।

टैंकरमा बाँकी रहेको १९,०२७ लिटर पेट्रोल निगमको भण्डारणमा खाली गरियो । साथै निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम चोरी भएको परिमाणको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरेको छ ।

Leave Your Comment

Related News