CLI

रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले केहीबेरअघि सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार केन्द्रीय सदस्य पदका लागि ३८४ जनाको उम्मेदवारी परेको छ ।

चितवनमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ । सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य पद तथा केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

महाधिवेशन कार्यतालिकाअनुसार बुधबार बिहान ९ बजेदेखि मतदान सुरु हुने भनिए पनि प्राविधिक तथा व्यवस्थापकीय तयारीका कारण मतदान प्रक्रिया निर्धारित समयमा सुरु हुन नसकेको जनाइएको छ ।

निर्वाचन आयोगले उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेसँगै दाबी–विरोध, नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ केन्द्रीय नेतृत्व चयन गरिनेछ ।

Leave Your Comment

Related News