CLI

ब्राजिल, मेक्सिको र स्विट्जरल्याण्ड विजयी; कतार बाहिरियो

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत हिजो सम्पन्न  खेलहरूमा ब्राजिल, मेक्सिको र स्विट्जरल्याण्ड जस्ता टोलीहरूले महत्त्वपूर्ण जित दर्ता गरेका छन्। समूह ‘बी’ को   खेलमा  कप्तान एडिन जेकोको १५०औँ अन्तर्राष्ट्रिय खेलको अवसरमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई ३–१ ले हराए । सिटल रङ्गशालामा भएको उक्त  खलेमा बोस्नियाका लागि केरिमा अलाजबेगोभिच २९औँ मिनेट र एर्मिन महमिच ८०औँ मिनेटमा  गोल गरे भने कतारका सुल्तान अल-ब्राकेले ३४औँ मिनेटमा आत्मघाती गोल गर्न पुगे। कतारका तर्फबाट कप्तान हसन अल-हैदोसले ४३औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए।

यता समूह ‘सी’ मा पाँच पटकको विश्व विजेता ब्राजिलले स्कटल्याण्डमाथि ३–० को  निकाल्यो। फ्लोरिडाको मियामी रङ्गशालामा भएको खेलमा ब्राजिलका स्टार खेलाडी भिनिसियस जुनियर ले उत्कृष्ट प्रदर्शन गर्दै ७औँ र ४५+३ मिनेटमा दुई गोल गरे भने ६०औँ मिनेटमा माथेउस कुन्हाले तेस्रो गोल थप्दै जित निश्चित गरे।

समूह ‘सी’ कै अर्को खेलमा मरोक्कोले हाइटीलाई ४–२ को गोल वर्षामार्फत स्तब्ध बनायो। एटलान्टा रङ्गशालामा भएको खेलमा मरोक्कोका लागि अचराफ हाकिमी ३९औँ मिनेट, सुफियाने राहिमी ७८औँ मिनेट र गेसिम यासिन ८९औँ मिनेट ले गोल गरे भने खेलको १०औँ मिनेटमा गोलकिपर यासिन बोनोबाट आत्मघाती गोल हुन पुगेको थियो।

त्यसैगरी समूह ‘ए’ मा सह-आयोजक मेक्सिकोले मेक्सिको सिटी रङ्गशालामा  चेक रिपब्लिक लाई ३–० को सहज अन्तरले हराउँदै आफ्नो दबदबा कायम राख्यो। सोही समूहको अर्को निकै प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकाले एसियाली पावरहाउस दक्षिण कोरियालाई १–० ले पराजित गर्‍यो।

मोन्टेरे रङ्गशालामा भएको उक्त खेलको ६३औँ मिनेटमा थापेलो मासेकोले गरेको एकमात्र गोल नै दक्षिण अफ्रिकाका लागि निर्णायक साबित भयो।

Leave Your Comment

Related News