CLI

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार सुन प्रतितोला ५ हजार दुई सय रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला २ लाख ७८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ८३ हजार पाँच सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै यस दिन चाँदी प्रतितोला २५० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News