RE
Global College

भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

भक्तपुर । भक्तपुर जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) पुष्टि भएपछि ४८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।

पशु सेवा कार्यालय भक्तपुरका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण नगरपालिका–२, ८ र ९ का कुखुरा फार्ममा बर्डफ्लू संक्रमण पुष्टि भएपछि ३८ हजार ७९५ कुखुरा नष्ट गरिएको छ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–१, ४ र ८ का प्रभावित फार्ममा रहेका नौ हजार ३७८ कुखुरा पनि नष्ट गरिएको उनले जानकारी दिए।

डा. श्रेष्ठका अनुसार हालसम्म जिल्लाभर बर्डफ्लू संक्रमण पुष्टि भएका फार्ममा रहेका कुल ४८ हजार १७३ कुखुरा नष्ट गरिएको छ। संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्रका फार्ममा निगरानी बढाइएको तथा आवश्यक नियन्त्रणका उपायहरू अपनाइएको कार्यालयले जनाएको छ।

पशु सेवा कार्यालयले किसानलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न तथा कुखुरामा अस्वाभाविक बिरामी वा मृत्यु देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

NECO

Leave Your Comment

Related News