काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार ८.५० अंकले घटेर २६५१.५२ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ इन्डेक्स ०.६४, फ्लोट इन्डेक्स ०.४१, र सेन्सिटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले घटेको छ ।
३३८ वटा कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर ४६ हजार ७५१ पटक खरिद बिक्रि हुँदा २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटा उप समूह मध्य १२ वटा उपसमूह घटेका छन भने १ उपसमूह बढेका छन् । बैंक ०१९ प्रतिशत, विकास बैंक ०.१५, वित्तिय ०.३६ , होटेल र पर्यटन ०.५३, जलविद्युत ०.४१, लगानी ०.१६, जीवन बिमा ०.२२ , लघुवित्त ०.१५ , म्युचुअल फन्ड ०.१४, निर्जीवन बिमा ०.४० र अन्य समुह ०.४७, व्यापार समूह १.९६ प्रतिशतले घटेको छ । भने उत्पादन र प्रशोधन १.१० प्रतिशतले बढेको छ ।
यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर १५ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १३ प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सोपान फर्मास्यूटिकल्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको १२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम साढे १० करोड रुपैयाँ नाघेको छ।


