काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला आठ सय रुपैयाँले बढेको छ । यस दिन सुन प्रतितोला २ लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ७८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको भाउ भने घटेको छ । चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला ४ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ । भने हिजो (बिहीबार) ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।


