CLI

१० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री हुँदै, असार १५ गते बोलकबोल हुने

काठमाडौं । सरकारले  १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यबस्थापन कार्यालयले एक सुचना जारी गरेर  २८ दिने र १ बर्षे ट्रेजरी बिलको लागि  बोलकबोल प्रक्रिया अगाडि बढाएको हो ।

सार्वजनिक ऋण व्यबस्थापन कार्यालयका अनुसार १० अर्बको ट्रेजरी बिल मध्ये ५ अर्ब नयाँ ट्रेजरी बिल  मार्फत रकम जम्मा गरिने छ भने ५ अर्बको ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो ।

ट्रेजरी बिलको बिलकबोल २०८३ हसार १५ गते सोमबाट बिहान ९ बजे देखी ३ बजे सम्म हुनेछ बोलकबिलको नतिजा असार १६ गते प्रकाशित हुनेछ । २०८४ साउन १५ गतेलाइ तोकिएको छ ।

यो ट्रेजरी बिलको बोलकबोल अनलाई बिधिबाट हुनेछ इच्छुक लगानीकर्ताहरूले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनलाइन प्रणाली (DOMS) मार्फत बोलपत्र मा सहभागी बन्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट  अनुमति प्राप्त ‘क’,’ख’ र ‘ग वर्गको मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले अप्रतिस्पर्धी बोलकर्ताको रूपमा भाग लिन पाउने छैनन् । यो १५% ट्रेजरी बिल  सर्वसाधारण लगानी कर्ता र साना लगानी कर्तालाइ छुट्याइएको रकम भएकोले यी संस्थाले प्रतिष्पर्धा नपाउने भएका हुन्  । बैंक तथा वित्तीय संस्था बाहेकका अन्य लगानीकर्ताहरूले बोलकबोल रकमको २.५ प्रतिशत जमानत रकम असार १५ गते दिउँसो ३:०० बजेभित्र राष्ट्र बैंकको तोकिएको खातामा जम्मा गर्नुपर्नेछ । ट्रेजरी बिल किन्न चाहने सर्वसाधारण लगानी कर्ता र साना लगानीकर्ताले ब्याजदमा बोलकबोल गर्नु पर्दैन उनी हरुले बैंक बित्तिय संस्थाले जुन दरमा ट्रेजरी बिल पाउछन उनीहरुको लागि सोही ब्याजदर कायम हुनेछ

अघिल्लो ट्रेजरि बिल

यसअघि गत असार ८ गते भएको ट्रेजरी बिलको  बोलकबोलमा ब्याजदर २.२५०२ प्रतिशत र ३६४ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६७३८ प्रतिशत कायम भएको थियो ।

 

Leave Your Comment

Related News